विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था

आजभोलि

तनहुँ । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ । विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो ।

यसका लागि नर्स सुनिता जोशीलाई नियुक्त गरेको छ । सरकारी सुविधा सरह तलब प्रदान गरी विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मी राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिर्ए ।

विद्यार्थी घाइते भएमा, बिरामी भएको अवस्थामा विद्यालयमै प्राथामिक उपचार सेवा प्रदान गर्न विद्यालयले चिकित्सकको व्यवस्था गरेको हो । उनले भने “विद्यार्थीमा जटिल किसिमका अवस्था भएमा अभिभावकलाई बोलाएर जिम्मा लगाइ अस्पतालसम्म पु¥याउने व्यवस्था मिलाइएको छ ।”

विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !