बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम

आजभोलि

काठमाडौँ। बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग प¥याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो ।

कार्यक्रमअन्तर्गत नगरले आवश्यकताअनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ । नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँच वटा वडाका स्थानीयलाई तालिम दिँदै अनुदानमा कम्पोष्ट मल बनाउने विनसमेत वितरण गरेको छ । नगरले ५, ७, ८ ९, १० नं वडामा ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरेको हो ।

नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरको सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाएर आफ्नै घरमा कौसीखेती गर्न यो कार्यक्रम सञ्चालन गरेको बताए । “यो कार्यक्रमले जैविक फोहर व्यवस्थापनमा सहयोग पु¥याउनुको साथै नगरको सौन्दर्यीकरणमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । उनका अनुसार यस कार्यक्रमलाई थप गर्दै थप ‘एक घर एक कम्पोष्ट विन’ वितरण गर्दै जाने लक्ष्य राखिएको छ ।

नगर उपप्रमुख विमला सापकोटाले यस कार्यक्रमले फोहर व्यवस्थापन र कृषिलाई समेटेको बताए । उनले भने, “घरबाट निस्कने जैविक फोहर घरमै व्यवस्थापन गर्दै तरकारी उत्पादनका लागि नगरले कौसीखेती कार्यक्रम सञ्चालन गरेको हो”, वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले सिकेको सीप र कम्पोष्ट विनको सदुपयोग गर्न आग्रह गर्दै घरमै तरकारी उब्जाउन र फोहर व्यवस्थापनमा सघाउन अनुरोध गरेका छन् ।

नगरले कौसी खेती प्रवद्र्धनका लागि वडा नं ७ मा एक सय ५०, ८ मा एक सय ७५, ९ मा ७५, १० मा २५ १३ मा २५ र वडा नं ५ मा ५० वटा कम्पोष्ट विन वितरण गरेको छ ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !