दार्चुलाका स्थानीय तह दमकलबिहिन

आजभोलि

काठमाडौँ। दार्चुलाका आठ स्थानीय तह दमकल (बारुणयन्त्र) बिहिन अवस्थामा छन् । नौ तहमध्ये महाकाली नगरपालिकासित मात्र दमकल छ । तर उक्त दमकल पनि प्रयोगबिहीन अवस्थामा छ । अन्य आठ स्थानीय तहमा यातायातको पहुँच भएर पनि दमकलको सुविधा छैन् । सबैभन्दा पहिला यातायात सेवाको पहुँचमा पुगेको शैल्यशिखर नगरपालिकाले समेत हालसम्म दमकल खरीद गर्न नसकेको स्थानीयको गुनासो छ ।

सदरमुकामस्थित खलङ्गा बजारमा अव्यवस्थित बसोबासका कारण सबै क्षेत्रमा दमकल चलाउन मिल्ने सडक छैन । यसबाट आगलागी नियन्त्रणमा समस्या भएको स्थानीय धिरज ऐरीले बताए। “बाक्लो बस्ती छ, आगलागी भएको अवस्थामा दमकल लैजान मिल्ने अवस्था छैन”, उनले भने । अव्यवस्थितरुपमा घर निर्माण गर्दा समस्या भएको ऐरीको भनाइ छ ।

गत वर्ष सदरमुकाम खलङ्गामा एउटा पसलमा आगलागी भयो । तर उक्त ठाउँमा दमकल नै जान सकेन । लाखौँ रुपैयाँको क्षति भयो । जिल्लामा धेरै ठाउँमा आगलागीका घटना हुने गरेका छन । आगो नियन्त्रण गर्न स्थानीय तहसित दमकल नहुँदा क्षती बेहोर्नु परेको शैल्यशिखर नगरपालिका–६ का जितेन्द्र धामीले बताए ।

दमकल खरीद गर्न स्थानीय तहले चासो दिएका छैनन् । जनप्रतिनिधिले आफ्ना लागि सवारीसाधन खरिद गर्न चासो दिएपनि दमकल किन्न ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरे पनि यहाँका स्थानीय तहले हालसम्म यस सम्बन्धी कार्यविधि बनाएका छैनन् । दमकल खरिका लागि विभिन्न बहाना गर्ने स्थानीय तहले डोजर किन्न भने होडवाजी गर्ने गरेका छन् । अधिकांश स्थानीय तहले पालिकाको रकमबाट स्काभेटर खरिद गरेका छन् ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !