काठमाडौं । तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।
टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।
१.मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।
२.टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।
३.विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।
४.यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ ।
५.बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।
६.मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।
७.गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।
८.यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ ।
९ .काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ ।
१०. टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।