नेपाल पर्यटन महोत्सव आयोजना हुने

आजभोलि

काठमाडौँ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवद्र्धन (एनटिपी) मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौँको वसन्तपुरमा आगामी वैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नयाँ शिराबाट पर्यटन प्रवद्र्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सवको तयारी गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताए । उनका अनुसार वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रुपमा मनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव हरेक वर्ष हुनेछ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले महोत्सवका माध्यमबाट पर्यटनको नीतिगत सुधारमा सरोकारवालाको धारणासहित दीगो पर्यटन विकासका निम्ति महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन नीतिलाई समयसापेक्ष बनाउन बहस र पैरबी गर्दै पर्यटनको नीति र योजना बनाउन महोत्सव उपयोगी हुने बताए ।

महोत्सवमा विभिन्न बिदाको पर्यटन केन्द्रित दश ‘सेसन’ सञ्चालन हुनेछन् । महोत्सको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् भने अन्तिम सेसन ‘पर्यटनमा राजनीति ः मिसन, भिजन र भिजिट नेपाल’ शीर्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको हुने आयोजकले जनाएको छ ।

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नाराका साथ आयोजना हुने महोत्सवको अन्य सेसनमा ‘पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास’, स्वास्थ्य पर्यटन, चलचित्र पर्यटन, चलचित्र पर्यटन, पर्यटनमा जलवायु परिवर्तनको असर र हिमाल सेसन सञ्चालन गरिनेछ ।

युवा पर्यटन अभियान्ता, सात प्रदेशको पर्यटन सम्भावना, सम्पदा, ‘एयरलाइन्स टुरिज्म’ का साथै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको नेपाल अनुभव, खेल तथा सौन्दर्य पर्यटनबारे छलफल हुनेछन् ।

 

  • १९ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !