यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध

आजभोलि

साना । यमनको राजधानी सानामा आएको भारी वर्षाका कारण शनिबार दिनभर यातायात ठप्प भएको छ । शुक्रबार अबेरदेखि सुरु भएको बर्षापछि बाढीको पानी साना सहरको ठूलो भागमा करिब दुई फितसम्म जम्मा भउको थियो ।

बर्षाका कारण बजार, घर र पसलहरू डुबानमा परेका छन् । केही मुख्य सडक र सुरुङका प्रवेशद्वारहरू बन्द गरिएका छन् । युनेस्कोको सम्पदा क्षेत्र सानाको पुरानो शहरभित्र र बाहिर शनिबार अबेरसम्म पनि अल–तहरीर स्क्वायर, बाब–अल–यमन र अल–सईलाहमा पानीको सतह घट्न सकेको छैन ।

स्थानीयबासिन्दाले आफ्ना सामानको उद्धार गर्ने क्रममा आफ्नो भुईंतल्ला र पसलबाट पानी र फोहोर सफा गर्न संघर्ष गरिरहेका देखिन्थे । यमनको राष्ट्रिय मौसम सेवाले वर्षायाम सुरु भएसँगै वर्षामा वृद्धि हुने अनुमान गर्दै विभिन्न प्रान्तका लागि आकस्मिक बाढी आउनसक्ने चेतावनी जारी गरेको छ ।

गत वर्षायाममा सानामा कम्तीमा १० वटा अग्ला भवन भत्किएका थिए भने पुरानो सहरमा दर्जनौं भवनमा भारी वर्षाका कारण क्षति पुगेको थियो ।

  • १९ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !