भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु

आजभोलि

बर्दिबास । नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ यहाँ सुरु भएको छ । सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीस्थित सेनाको मध्य पुर्वी पृतना, बर्दिबास सैनिक शिविरमा आज आयोजित विशेष समारोहबीच सम्मेलन उद्घाटन गरे । सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

भूपू सैनिकहरुको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विस २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो । नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै नेपाली सेनाले मुलुकका विभिन्न क्षेत्रमा निरन्तर रुपमा भूपू सैनिक सम्मेलन गर्दैआएको छ ।

हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ छ ।

सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा/बाबुलाई सम्मान, शताब्दी पुरुष/महिला सम्मान र अन्तरक्रिया तथा छलफल हुनेछ ।

अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, नियुक्ति, युनिट र स्थानमा तैनाथ रही योगदान पु¥याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको छ ।

सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तरक्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुनेछ ।

सेना, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मियता, भरोसा एवं विश्वास वृद्धि हुने यस्तो जमघटबाट सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मानसमेत वृद्धि हुने सेनाले अपेक्षा गरेको छ । पूर्वसैनिकमा देश तथा संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्ने उद्देश्य रहेको सम्मेलन उनीहरूले राष्ट्रसेवामा पु¥याएको योगदानको कदर गर्ने अवसर रुपमा रहने गरेको छ ।

  • २० चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !