अस्तव्यस्त तार नहटाउनेलाई कारवाही गर्दै प्राधिकरण

आजभोलि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ ।

प्राधिकरणले तुलसीपुरका सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार नहटाउनेलाई विद्युत् लाइन काट्नेसम्मको निर्णय भएको छ । “हामीले पटक–पटक आग्रह गरे पनि कुनै पनि कम्पनीले प्रभावकारी काम गरेको पाइएन”, वितरण प्रमुख ज्ञानप्रसाद फर्सालले भने, “त्यसैले हामीले कडारुपमा अघि बढेका छौँ ।”

अव्यवस्थित तारले बजार कुरुप बन्दै गएको भन्दै यसलाई अव्यवस्थित गर्नका लागि आगामी आजदेखि शुक्रबारसम्म नियमित तार हटाउने गरी तयारी गरिएको छ । तुलसीपुरमा नेपाल टेलिकमसहित १२ वटा त्यस्ता कम्पनी छन् । ती सबै बिहान ११ बजेदेखि सहभागी भएर अव्यवस्थित तारलाई अव्यवस्थित गर्ने निर्णय भएको छ । यदि नियमित दुई पटकसम्म सहभागी नहुने र आफ्नो तार अव्यवस्थित नगर्ने कम्पनीलाई विद्युत्को नियमअनुसार कारबाही गर्ने निर्णय भएको छ ।

यसअघि पटकपटक सार्वजनिक सूचना प्रकाशित गर्नेदेखि कार्यालयमा समेत पत्र पठाउँदा पनि कुनै काम नभएपछि प्राधिकरण प्रमुख फर्सालसहितको टोली आफैँ कार्यालयमा पुगेर मौखिक र लिखितरुपमा जानकारी समेत गराएको थियो ।

प्राधिकरण र सेवा प्रदायक निकायकाबीच २०७९ मङ्सिर २७ गते एक हप्ताभित्र तार व्यवस्थित गर्न सहमति भएको थियो । तुलसीपुरको वीरेन्द्र चोकदेखि पश्चिममा कालीमाटी, पूर्वमा हेमन्तपुर, दक्षिणमा दमारगाउँ र उत्तरमा राम्रीको क्षेत्रभित्रका पोलमा विस्तार गरिएका तारलाई व्यवस्थित गर्न प्राधिकरणले आग्रह गर्दै आइरहेको छ ।

  • २० चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !