पहिचान संरक्षणका लागि बझाङमा ‘चैतली मेला’

आजभोलि

बझाङ । संस्कृति जर्गेना तथा पहिचान संरक्षणका लागि ‘बान्नीकी चैतली’ सुरू भएको छ । सुदूरपश्चिमको प्रसिद्ध तथा ऐतिहासिक धार्मिक मेला मानिने चैतली हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सुरू हुन्छ ।

बान्नीकी काङ्कर र बान्नी मष्टाको दर्शन गर्नका लागि मष्टो पूजकका साथै श्रदालु तथा दर्शनार्थीको यहाँ घुइँचो लाग्ने गरेको छ । छविसपाथिभेरा गाउँपालिका–३ बान्नीकोटमा लाग्ने उक्त मेला पूर्णिमासम्म लाग्नेस्थानीय दिनेश थापाले बताए ।

थापाका अनुसार बान्नी मेला सुरू भएपछि हरेक दिन मन्दिरमा बाजा बजाउने र मष्टाका करिया चोखो निम्तो भएर व्रत बस्ने चलन गरिन्छ । पौराणिक कालमा महिसासुर दानवले बान्नी मष्टासँग युद्धगरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाटमुक्त गर्नका लागि सुर्मादेवी प्रकट भई महिसासुरको बध (हत्या गर्नु) गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको उनले बताए।

महिसासुर र बान्नी मष्टाको युद्धमा सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रूपमा चैत औँंसीका दिन काटेको काङ्कर (लिङ्गो)लाई चैत शुक्ल त्रयोदशीका दिन तोलेनी (खेत) मा डुलाउने गरिन्छ । राक्षसलाई मारीसकेपछि देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औँलाको नगरा (गजा) बनाइ विजयोत्सव मनाएको किबंदन्ती रहेको बान्नी मष्टाका पूजारी निर्पराज जोशीले बताए ।

जोशीका अनुसार सुर्मादेवीले दानवको हत्या गरेको उत्सवमा लामो काँकरलाई श्रद्धालुले चारैतिर नचाउने गर्दछन् । चारैतिर नचाएपछि काङ्करलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको प्रतिक भकुण्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका स्थानीयबीच भकुण्डो खेल्ने प्रचलन रही आएको छ । काँकर हिँडाएको र भकुण्डो खेलेको हेर्न सुदूरपश्चिमको विभिन्न जिल्लाबाट हजारौँ दर्शनार्थी बान्नी चौरमा आउछन् ।

मेलाको अवसरमा रू एक लाख छ सय २० को क्रिकेट प्रतियोगिता, रू एक लाख ३३ हजार छ सय २० को नगर तथा पालिकास्तरीय पुरुषतर्फ भलिबल प्रतियोगिता र देउडा प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका सचिव सुरेश रोकायाले जानकारी दिए ।

  • २० चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !