साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

आजभोलि

रियाद । साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरुको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वैच्छिक कटौती ३३ औं ओपेक र गैर–ओपेक मन्त्रीस्तरीय बैठकमा सहमति भएको उत्पादनमा अतिरिक्त कटौती हो ।

मन्त्रालयले यो निर्णय विश्वव्यापी तेल बजारको स्थिरतालाई समर्थन गर्ने उद्देश्यले सावधानीको उपाय भएको जनाएको छ ।

सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मुल्यमा ओपेकको ठुलो प्रभाव रहेको छ ।

  • २० चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !