दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते

आजभोलि

विराटनगर । सीमावर्ती क्षेत्रमा दुई समूहबीच झडप भएको छ । झडप हुँदा गोली चलेपछि एक जना घाइते भएका छन् ।

स्रोतका अनुसार नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा दुई समूहबीच गोली हानाहान भएको हो ।

प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको थियो ।

एउटा समूहको प्रहारबाट अर्को समूहका सदस्य टिकुलिया वस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ ।

भारतीय नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । सिंह खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोवार गर्ने गिरोहका सदस्य रहेका प्रहरी स्रोतले बताएको छ । उक्त घटना
भारतीय क्षेत्रमा भएका कारण नेपाल प्रहरीले प्रतिक्रिया भने जनाएको छैन ।

  • २० चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !