भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

आजभोलि

काठमाडाैं । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत आज दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ ।

श्री नं ९ बाहिनी अड्डाअन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रमुख अतिथिका रुपमा प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गरेका थिए भने दोलखाको चरीकोट र सिन्धुलीको माझीटारमा श्री मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज केसी र श्री नं २७ बाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङ प्रमुख अतिथि थिए ।

सम्मेलनको दौरान मन्थलीबाट दोलखा र सिन्धुलीका समारोहस्थलका सहभागीलाई समेत प्रविधिका माध्यमबाट प्रधानसेनापति शर्माले सम्बोधन गरेका थिए । मूल समारोहस्थलमा दोलखा जिल्ला निवासी ९४ वर्षीय मानार्थ उपसेनानी कटकबहादुर तामाङ (अ प्रा) र स्व सिपाही रत्न बहादुर खड्का (अप्रा) को श्रीमती सिन्धुली जिल्ला निवासी ९८ वर्षीया एकल महिला लिलामाया खड्कालाई सम्मान गरिएको थियो । यसैगरी सर्वोत्कृष्ट लघुउद्यमी÷व्यवसायी दुई जनालाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो ।

सोही क्रममा चार वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका पाँच अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त पाँच जनालाई ह्विलचियर तथा बैसाखी र विभिन्न सहुलीयतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिलाई चेक वितरण गरिएको थियो । यस्तै, चरिकोटस्थित समारोहस्थलमा दोलखा जिल्ला निवासी ९६ वर्षीय हुद्धा चन्द्रबहादुर कार्की (अ प्रा) र स्व अमल्दार रङ्गध्वज कार्की (अ प्रा) को श्रीमती ९४ वर्षीया एकल महिला मानकुमारी कार्कीलाई सम्मान गरिएको थियो । साथै फरक क्षमता भएका तथा अशक्त दुई जनालाई ह्विलचियर तथा बैसाखी वितरण गरिएको थियो ।

त्यसैगरी, सिन्धुलीको माझीटारस्थित समारोहस्थलमा फरक क्षमता भएका तथा अशक्त तीन जनालाई ह्विलचियर तथा बैसाखी वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ । भूपू सैनिकको तर्फबाट प्रादेशिक रथीवृन्द प्रतिनिधि उपरथी डा सुनिलकुमार सिंह (अ प्रा) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका महासचिव प्रमुख सेनानी श्यामसुन्दर घिमिरे (अ प्रा)ले मन्तव्य राख्नुहुँदै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पु¥याउँदै आएको सहयोगका लागि नेपाली सेनाप्रति आभार प्रकट गरेका थिए ।

सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले समापन मन्तव्य राख्नुहुँदै हरेक वर्ष आयोजना हुने यस किसिमको सम्मेलन कल्याणकारी गतिविधिको पुनरावलोकनका लागि सहयोगी हुने बताएका थिए ।

कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृत, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ प्रा), जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारका साथै सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

सम्मेलनको अवसरमा तीनवटै समारोहस्थलमा सैनिक मेडिकल टोलीद्वारा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्योपचार सेवा प्रदान गरिएको थियो । योसँगै यस वर्षको भूपू सैनिक सम्मेलनका कार्यक्रम सम्पन्न भएका निर्देशनालयले जनाएको छ ।

  • २१ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !