‘इको पदमार्ग’ मा चहलपहल बढ्दै

आजभोलि

पर्वत । कोरोना सङ्क्रमणका कारण सुनसान जस्तै बनेको अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्न थालेको छ । पर्वत र म्याग्दी जिल्लाका ग्रामीण बस्तीहरूलाई समेटेर विगत एक दशकअघिदेखि सञ्चालनमा आएको सो ‘इको पदमार्ग’मा यात्रा गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो । पर्वतको जलजला गाउँपालिकाको वारीवेनीदेखि यात्रा सुरु हुने यो पदमार्गमा दैनिक ३०÷४० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयवासीको भनाइ छ ।

सन् २०११ अक्टोबरदेखि सञ्चालनमा आएको यो पदमार्ग पर्वतको वारीवेनी हुँदै म्याग्दीको घुमाउनेतालदेखि सुरु भएर पर्वतको बाँसखर्क, डाँडाकटेरी, नागी, मोहोरेडाँडा, टिकोट हुँदै पाँच दिनपछि म्याग्दीको तिप्ल्याङमा पुगेर टुङ्गिन्छ । कतिपय बाह्य पर्यटकहरूले भने यो पदमार्गलाई लम्ब्याएर टिकोट हुँदै खिवाङदेखि स्वापसम्म पुगेर फर्किने गरेका छन् ।

कोरोनाका कारण दुई वर्ष सुनसान जस्तै बनेको यो पदमार्गमा गत वर्षदेखि बिस्तारै पर्यटकहरू आउन थालेको स्थानीय जगत पाइजाले बताए । यो क्षेत्रको पर्यटन विकासका लागि तत्कालीन अवस्थामा लघु उद्यम विकास कार्यक्रमले युएनडिपीको सहयोगमा जिल्लास्थित लघु उद्यम सम्बद्ध सङ्घसंस्थाहरूसँग सहकार्य गरेर विभिन्न सामुदायिक लज तथा होमस्टेको प्रबन्ध मिलाइएको छ । लघु उद्यम विकास कार्यक्रमले जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्क र वडा नं ५ लेखफाँटको डाँडाकटेरीमा सामुदायिक लज निर्माण गरेको छ । तत्कालीन अवस्थामा लघु उद्यम विकास कार्यक्रमको रु सात लाख, स्थानीय गाविसको रु एक लाख समुदायको झण्डै एक लाख गरी रु नौ लाखको लागतमा सामुदायिक लज निर्माण भएका थिए । यसरी निर्माण गरिएका लजहरू स्थानीय समुदायमा नै व्यवस्थापन समिति बनाएर संरक्षण र सञ्चालन भइरहेका छन् ।

डाँडाकटेरी सामुदायिक लज व्यवस्थापन समितिका अध्यक्ष सीतबहादुर पुनले लजको व्यवस्थापन तथा सञ्चालनका लागि आफूहरू दिनरात खटिँदै आएको र पर्यटकहरूको माग र आवश्यकता बमोजिमका परिकारहरू खुवाउँदै आएको बताए। विश्वभर फैलिएको कोरोना सङ्क्रमणपछि सुनसान बनेको पदमार्गमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको उनले बताए । उनले सिजनमा चारदेखि ६ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको जानकारी दिए ।

उनले स्थानीय परिकारहरूसमेत पर्यटकहरूले भरपुर मात्रामा प्रयोग गर्ने गरेको बताए । सामुदायिक लजसँगै ती गाउँमा घरबास ‘होमस्टे’ सुविधासमेत सञ्चालनमा ल्याइएको छ । गाउँमा आउने पर्यटकलाई लजमा खाना खुवाउने र होमस्टेमा सुत्ने व्यवस्था मिलाइएको छ ।

यो पदमार्गमा सन् २०१२ देखि अपेक्षित मात्रामा पर्यटकहरू पदमार्गमा यात्रा गर्दै आएका छन् । यो पदमार्गमा होल्यान्ड, जर्मन, अस्टे«लिया, हङकङलगायत पछिल्लो समय आन्तरिक पर्यटकहरू समेत उल्लेख्य मात्रामा आउने गरेको होमस्टे सञ्चालक यामबहादुर पाइजाले बताए ।

यसरी पदमार्गमा आउने पर्यटकहरूले समुदायको वस्तुस्थिति, परापूर्वकालमा निर्माण भएका भौतिक संरचना र हिमशृङ्खला लगायतको अवलोकन गरेर दृश्यपान गर्ने गरेको उनले जानकारी दिए ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !