मान्द्रा बुनेरै जीविकोपार्जन

आजभोलि

चौतारा । जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गरे सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा ।

उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन् । जब गाउँमा कसैकोे बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उनीलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो  पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आएका छन् ।

“डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु”, उनले भने । शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ । शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका हुन् । घरमै आएर किसानले मान्द्रा किन्न थालेपछि उनको व्यस्तता बढेको हो । मान्द्रा बिक्री गरेर शेर्पाले घर खर्च मात्र टार्दै आएका छैनन्, आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको जोहो गर्दै आएका छन् ।

आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाइ नै आफ्नो आम्दानीको स्रोत भएको उहाँको भनाइ छ । धान विटा लगाउने मौसम भएकाले पनि यो बेला भकारी बनाउनका लागि मान्द्राको माग अत्याधिक हुने गरेको छ । एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्छ । मान्द्रा रु दुई हजार दुई सयमा बिक्री हुने गरेको शेर्पाले बताए ।

मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जङ्गलबाट निःशुल्क उपलब्ध हुन्छ । अरु बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको सो वडाका कर्मा स्याङ्बोले बताए । उनले पनि मान्द्रा बुनेर बेच्छन् । “उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु”, उनले भने, “छोराछोरीले सिक्न छाडेका छन् । कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ ।” युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ ।

अन्न उब्जाउन जमिन छैन । कमाउन अरु इलम छैन । यहाँका अधिकांशले आलु खेती गर्दै आएका छन् । आलुु खेतीबाट स्थानीय आत्मनिर्भर बन्न सकेका छैनन् । मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीय बँदेललगायत जङ्गली जनावारले दुःख दिँदा हैरान छन् । आलु खेतीको राम्रो सम्भावना भएकाले ‘आलु पकेट क्षेत्र’का रुपमा विकास गर्न सके स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !