दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

आजभोलि

काठमाडौँ । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पूर्वगोरखा सैनिकसमेत रहेका उनले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका छन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिएको थियो । शारीरिकरूपमा अशक्त बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गरेको उनले बताए ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका उनका दुबै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन्।

लामो प्रतिक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको बताएको बुढामगरको भनाइ उल्लेख गर्दै विभागका महानिर्देशक लुइँटेलले बताए ।

सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उनी पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले मोन्ट ब्लाङ (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसकेका छन् ।

वसन्त ऋतुका बेला सगरमाथासहित हिमाल तथा चुली आरोहणका लागि अहिले धमाधम आरोहीले आरोहण अनुमति लिइरहेका छन् । विभागको पवर्तारोहण शाखाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मङ्गलबारसम्म १२ आरोही समूहका १७ महिला र ८३ पुरुषसहित एक सय आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि हालसम्म ३६ आरोही समूहका ५३ महिला र दुई सय १७ पुरुषसहित दुई सय ७० ले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

सगरमाथापछि अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच, मनास्लु आरोहणका लागि चार र ल्होत्से आरोहणका लागि तीन आरोही समूहले हिमाल आरोहणको अनुमति लिएका छन् ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !