टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

आजभोलि

रसुवा । रसुवागढी नाका अन्तरगत टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ । पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर(खम्बा)वाल निर्माण गरी भोटेकोसी नदीमा तटबन्ध गर्ने काम तीव्ररूपले अगाडि बढेको हो ।

चीन सरकारको सहयोगमा विगत चार वर्ष अगाडिदेखि निर्माण शुरू गरिएको सुख्खा बन्दरगाहको निर्माणकार्य तिब्वत फुल्ली नामक चिनियाँ निर्माण व्यवसायी कम्पनीले गरिरहेको छ । चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा निर्माणाधिन सुख्खा बन्दरगाहको पहिलो चरणमा भएको भोटेकोसी तटबन्धका सिमेन्ट पर्खालको काम ८० प्रतिशत पूरा भइसकेको र समग्रको निर्माण काम भने ३० प्रतिशत पूरा भएको निर्माणमा सङ्लग्न प्राविधिकहरूले बताएका छन् ।

पचास हजार नौ सय वर्ग मिटर क्षेत्रफल ओगटेको सो सुख्खा बन्दरगाह निर्माणमा ८० जना मजदुर कार्यरत रहेको तिब्वत फुल्ली कन्ट्रक्सनका मेनेजर ईउ हाइयाङले जानकारी दिएका छन् । तीन सय १३ ठुला कन्टेनर र साना २३ वटा जिपकार भ्यान राख्ने क्षमताको उक्त सुख्खा बन्दरगाहमा व्यवस्थापकीय भवनसमेतका संरचना निर्माण गरिने बताइएको छ ।

कोरोना सङ्क्रमणका कारण निर्माणमा ढिलाई भएको टिमुरेको सुख्खा बन्दरगाहको बाँकी निर्माण कार्य छिट्टै सम्पन्न गरी आगामी सन् २०२५ को जुनसम्म बुझाइने निर्माण कम्पनीका प्रतिनिधिले प्रतिबद्धता गरेका छन् । छिटोभन्दा छिटो काम सम्पन्न गर्न चीनबाट थप कामदार ल्याइने र निर्माणस्थलको उत्तरतर्फका दुई वटा विद्युत् खम्वा हटाइदिन गरिएको अनुरोध बेवास्ता भएका कारण काममा बाधा परिरहेको जनाइएको छ ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !