जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

आजभोलि

महोत्तरी । महोत्तरीको जलेश्वर कारागारका एक कैदी आज दिउँसो अस्पतालबाट फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका छन् ।

गोडामा समस्या आएर पाँच कैदीका साथ उपचारका लागि जनकपुर गएका कैदी यादव अस्पतालको झ्याल तोडेर फरार भएका थिए ।

धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने अर्जुन साहको हत्या गरेको आरोपमा २०७९ साल भदौ २५ गतेदेखि उनी पूर्पक्षका लागि कारागारमा थिए । फरार कैदी यादवको खोजी महोत्तरी र धनुषाका संयुक्त प्रहरी टोलीले व्यापकरुपमा खोजी गरिरहेको छ ।

  • २४ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !