उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता

आजभोलि

भक्तपुर । बिस्केट जात्राको अवसरमा आयोजना गरिएको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः पहिलो भएको छ ।

मध्यपुरथिमि नगरपालिकाले बालकुमारी मन्दिर परिसरमा आयोजना गरेको सो प्रतियोगितामा सहभागी ३९ टोलीलाई पछाडि पार्दै राज गणेश धिमे खलः पहिलो भएको हो । उसले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा काठमाडौँ धर्मस्थलीको पुलांगु तःग्वगु धिमे खलः दोस्रो हुँदै रु २० हजार प्राप्त ग-यो । भक्तपुर कमलविनायकको यातु गणेश द्यो गुठी तेस्रो हुदै रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा सूर्यविनायक नगरपालिका–१, सिरुटारको लुँनिभा धिमे खलःले सान्त्वना पुरस्कार तथा लाय्कु धिमे खलः थिमिलाई रु पाँच हजारसहितको जर्ज च्वाइसको उपाधि प्रदान गरिएको छ । मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले विजयी हुनेलाई पुरस्कार प्रदान गरका छन् ।

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !