किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान

आजभोलि

बेदकोट । कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउने चटारो छ । कोही पाकेको गहुँ काट्नमा व्यस्त छन् भने कोही चुटाइमा ।

भीमदत्त नगरपालिका–१३ का गङ्गादत्त भट्ट केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले एक बिगाह जमिनमा गहुँ खेती गरेका छन् । “गहुँ पाकिसक्यो, अचेल कटाइ चलेको छ”, उनले भने, “अब गहुँ आधा काट्न बाँकी छ, हामी घरपरिवारसहित छिमेकीहरु गहुँ काट्नमै लागेका छौँ ।”

बेदकोट नगरपालिका–४ का रामेश्वर बोहराले गहुँ कटाइ गरिसक्नुभएको छ । उहाँ गहुँ चुट्नका लागि ट्र्याक्टरको पर्खाइमा छन्। “केही वर्षयता हामी ट्र्याक्टरले नै गहुँ चुट्ने गर्छौँ, गाउँमा जताजतै गहुँ चुटाइ चलेकाले ट्र्याक्टर पाउनै गाह्रो छ”, उनले भने, “दुई÷तीन भयो, ट्र्याक्टर पाएको छैन ।”

यसपटक गहुँ राम्रो फलेको लालझाडी गाउँपालिका–३ का धर्मसिंह बडायकले बताए । उनले भने, “गहुँको बाला राम्रै छ, उत्पादन विगतभन्दा राम्रै हुने अनुमान गरेका छौँ ।”

जिल्लाका अधिकांश किसान गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अहिलेसम्म करिब २० प्रतिशत गहुँ चुटाइ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले बताए । “अहिले गहुँ भित्र्याउने समय हो, किसान खेतमै व्यस्त छन्”, उनले भने, “अहिलेसम्म करिब २० प्रतिशत गहुँ चुटाइ सकिएको छ ।”

यसपटक कञ्चनपुरमा गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ । समयमै खेती, सिँचाइ र उन्नत बीउबिजनको प्रयोगले यसपटक गहुँको उत्पादन बढ्ने अनुमान रहेको सूचना अधिकारी जोशीले बताए ।

“यसपटक तुसारो पनि परेन, बालीलाई त्यस्तो क्षति गरेको छैन”, उनले भने, “समयमै सिँचाइ र उन्नत बीउको प्रयोग भएकाले यसपटक उत्पादन बढ्ने अनुमान गरेका छौँ ।”

यस वर्ष तीनदेखि साढे तीन मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । कञ्चनपुरमा ३१ हजार दुई सय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ ।

गत वर्षको औसत उत्पादन तीन मेट्रिक टन प्रतिहेक्टर रहेको थियो । गत वर्ष ९४ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा गहुँ खेती हुने गरेको छ ।

 

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !