पर्यटकीय विकासका लागि गुरुयोजना

आजभोलि

फुङ्लिङ । कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ । कञ्चनजङ्घा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहेको छ ।

गुरुयोजनाले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने पर्यटकीय पद मार्गअन्तर्गत यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना बन्ने समृद्ध कञ्चनजङ्घा परियोजना कार्यक्रम संयोजक चित्राकुमारी चन्सुले जानकारी दिए ।

कार्यक्रमलाई हिमालयन ट्रष्ट युकेका अध्यक्ष सर ग्राम रिग्लीले आर्थिक सहयोग गरेका छन् । उनी यही चैत ५ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रको भ्रमण गरी फर्किएका छन् । भ्रमणका क्रममा उनले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि विकासको मोडेलबारे परिषद्का पदाधिकारीसँग छलफल तथा अन्तरकिया गरेका थिए । उनले दक्षिणी बेस क्याम्प जाने क्षेत्रका साथै तोरोङदेन र चेराममा सम्बन्धित परिषद्अन्तर्गत रहेका समितिका अध्यक्षसँग अन्तरक्रिया गरेका थिए ।

यसअघि यस क्षेत्रमा इन्टरनेट सेवाका लागि वर्ड लिङ्कका प्राविधिकले याम्फुदिन, लासे, नयाँझोरेनी, कस्तुरी डाँडा, तोरोङ्देन, अन्धाफेदी, चेराम, राम्जेर र ओक्ताङ क्षेत्रमा वाइफाइ सेवाका लागि अध्ययन गरिसकेको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार उक्त अध्ययन पश्चात् बृहत्तर विकासका लागि फरक–फरक क्षेत्रका तीनजना इन्जिनियरले यहाँको समग्र पक्षको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेका छन् । जसमा खानेपानी, शौचालय, होटेल तथा लज, चिया पसल, क्याम्प साइट, पदमार्ग, विश्राम गृह, विद्युत्, फोहोर मैला व्यवस्थापन, पुल पुलेसा, हेलिप्याडलगायत पक्ष रहेका छन् । यस क्षेत्रलाई पर्यटनको आधुनिक गन्तव्यका रूपमा विकास गरिने लक्ष्य लिइएको कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङले बताए ।

उनका अनुसार कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल भए पनि यहाँ आउने पर्यटकको सङ्ख्या न्यून छ । ‘पर्यटकको सङ्ख्या कसरी बढाउन सकिन्छ भनेर अध्ययन गरिएको हो । समृद्ध पहाडले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँग समन्वय गरी पर्यटनको प्रवर्द्धनका लागि कार्यक्रम गर्नेछ’, उनले भने ।

कोभिड महामारीका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो । गएको याममा पाँच सय ४३ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए । यस वर्ष पर्यटक आउने याम सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल देखिन थालेको छ ।

  • २९ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !