सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

आजभोलि

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ ।

देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताउनुभयो । तर पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ ।

सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ । विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको छ ।

बिसुकै लागि भनेर रोजगारीका लागि देश बाहिर रहेका पनि घर फर्किने गरेका छन् । बिसु पर्व घरपरिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउनका लागि भनेर भारतबाट घर फर्किएको दोगडाकेदार–३ का स्थानीय महेश नाथले बताउनुभयो । सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् ।

अधिकांश स्थानीय खेतीपातीमा लाग्ने भएकाले दुई–चार महिनाका लागि कामको खोजीमा भारत पस्ने गरेका छन् । यहाँका स्थानीय गहुँ लगाएर तीन महिनादेखि छ महिनासम्म मजदुरीका लागि भारतीय सहरमा गएर पैसाको जोहो गर्छन् । बिसुपर्व सुदूरपश्चिममा विशेष चाडका रूपमा मनाइने गरिन्छ । रोजगारीका लागि बाहिर गएकाहरू पनि बिसु मनाउन घर फर्किएका छन् । नयाँ वर्षको पहिलो दिन देवर भाउजु एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइने गरिन्छ ।

यस दिन आफैँले पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । बिसुु पर्वमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको साहित्यकार रमेश पन्त मीतबन्धुले बताए । उनले बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहिआएको बताए । ‘शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने हाम्रो जनविश्वास छ’, उनले भने, ‘पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने प्रचलन कम हुन थालेको छ ।’ यस पर्वलाई विष फाल्ने पर्वका रूपमा पनि चिन्ने गरिन्छ । हिन्दूहरूमा यस दिनलाई नयाँ वर्षका रूपमा सबैले मनाउने गरेको भए पनि सुदूरपश्चिममा भने मौलिक प्रकृतिले मनाउने गरिन्छ ।

यस दिन हरेक मानिस बिहानै गङ्गा स्नान, तीर्थ स्नान तथा घरमै पनि स्नान गरेर विष बगाउने प्रचलन रहिआएको शस्त्री जनार्जन अवस्थीले जानकारी दिए । ‘नुहाउँदा अन्य मन्त्रका साथै विष बग्यो फूल चढ्यो भन्ने प्रचलन छ’, उनले भने, ‘यसरी विधिपूर्वक गरिएको यस दिनको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ ।’ विधिपूर्वक स्नान गरी विष बगाउने कार्य गरिने भएकाले पनि यस पर्वको नाम बिसु रहेको उनी बताउँछन् ।

यो दिन हरेक मानिसले शरीरमा रोग नलागोस् र विशाक्त पदार्थ हटेर जाओस् भन्नका निमित्त सिस्नो लगाउने गरिन्छ । आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रूपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठहरूमा पनि विशेष पूजा तथा मेलासमेत लाग्ने गर्छ । यस दिनमा इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्का आदि विभिन्न परिकार पकाएर बिसु मनाउने गर्छन् ।

  • १ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !