ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

आजभोलि

ओखलढुङ्गा । ओखलढुङ्गाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ । विगतका वर्षहरुमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक आइनपुग्ने जिल्लाका सामुदायिक विद्यालयहरुले यस वर्ष भर्ना अभियानकै क्रममा पुस्तक वितण गर्ने तयारी गरेका हुन् ।

यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक जिल्ला आइपुगेकाले भर्नासँगै पुस्तक वितरण गरिने शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए । जिल्लाका सबै आठवटै पालिकामा पाठ्यपुस्तक पुगिसकेको र विद्यालयमार्फत विद्यार्थीलाई वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘विगतका वर्षहरुमा शैक्षिक उपलब्धि मूल्याङ्कन गर्दा पनि पाठ्यपुस्तक समयमा नपाउँदा कमजोर नतिजा आएको भन्ने निष्कर्ष आउँथ्यो । तर यो वर्ष भर्ना गर्न विद्यालय आएका विद्यार्थीले नयाँ कक्षाको पुस्तक लिएर जानेछन्, त्यो तयारी भइसकेको छ ।’

प्रमुख गजुरेलका अनुसार सबै पालिकामार्फत विद्यालयमा पुस्तक पठाइसकिएको छ । पाठ्यपुस्तक नआएको वा अपुग भए जानकारी गराउन उनले अपिल गरे। विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नआउँदा पठनपाठनमा समस्या हुने गरेको थियो । यस वर्ष समयमै पुस्तक पाउने भएपछि विद्यार्थी खुसी भएको कटुञ्जे माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनककुमार कार्कीले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा यसले टेवा पुग्ने उनको भनाइ छ ।

जिल्लाका आठवटै पालिकामा रहेका सबै विद्यालयमा वैशाख ५ गते अगाडि नै पुस्तक पुर्‍याउने र विद्यार्थीलाई वैशाख ५ मा नै वितरण गर्ने तयारी भइरहेको छ । विगतका वर्षहरुमा पुस्तक समयमा नपाउँदा आधा शैक्षिक सत्रसम्म पढाइ सुरु नहुने र अन्ततः कोर्ष नसकिने समस्या थियो ।

यसका कारण विद्यार्थीमा धेरै समस्या पनि उत्पन्न भएको थियो । यस वर्ष शैक्षिक वर्ष सुरु भएसँगै पुस्तकहरू उपलब्ध हुन थालेपछि यसले विद्यार्थी र उनीहरुका अभिभावकहरू पनि खुसी भएका छन् । उनीहरूले पुस्तकका लागि विगतका वर्षहरूजस्तो समस्या झेल्न यस वर्ष नपर्ने जनाएका छन् ।

  • ३ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !