प्लास्टिकजन्य फोहर बढ्यो

आजभोलि

चौतारा । आन्तरिक पर्यटक बढेसगैँ सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ । पर्यटक वृद्धिसँगै होटल प्रतिस्पर्धामा सञ्चालन हुन थालेपछि प्लास्टिकजन्य फोहर बढ्न थालेको हो ।

व्यवसायीले भिरको कुनामा फोहर थुपार्न थालेपछि गाउँपालिकाले चेतानामूलक सरसफाइ अभियान गरी फोहर सङ्कलन गरिरहेको गाउँपालिका अध्यक्ष टाँसी लामाह्योल्मोले जानकारी दिए ।

पोखरी आसपास सफा देखिएको छ । तर व्यवसायीले भिरमा अव्यस्थितरुपमा फोहर फालिएको उनले बताए । दोबाटो होमस्टेका सञ्चालक मङ्गले तामाङ होटल बाट निस्कीएको फोहोर व्यवस्थीत गर्ने ठाँउ नहुँदा भिरमा फोहोर फालेको बताउछन् ।

उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले सरसफाइलाई विशेष ध्यान दिई विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेको छ । फोहरमैला व्यवस्थापन गर्न चार वटा वडामा सङ्कलन केन्द्र निर्माण गरी काम अगाडि बढाएको ग्रामीण समाज कल्याणका कार्यक्रम संयोजक हर्क तामाङ बताउँछन् ।

घरैबाट कुहिने र नकुहिने फोहर छुट्याई सङ्कलन केन्द्रमा सङ्कलन गरिन्छ । कुहिने फोहरलाई कम्पोष्ट बनाउने प्रविधि सिकाइ पुनः प्रयोग गर्न सकिने फोहरलाई नयाँ सामग्री बनाइ बजारमा बिक्री गरी आयआर्जन गर्ने प्रयास गरिरहेको तामाङको भनाइ छ ।

  • ४ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !