महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

आजभोलि

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ ।

महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रसहित निर्माण गर्न रु ९९ करोड रकम विनियोजन भएको थियो । यस्तै तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि रु ४९ करोड रकम विनियोजन भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

उनका अनुसार हाल देवीटार–गोकुले करिब सात किलोमिटर सडकलाई रु ४८ करोड रकमको स्रोत सुनिश्चित भएको छ । निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमितकार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्वाले बताए । ‘निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गरेपछि समयमा काम सम्पन्न नहुने हुँदा योजना लम्बिने देखिन्छ, हामी ताकेता गरिरहेका छौँ’, उनले भने ।

उनका अनुसार रु ९९ करोडको बजेटमा रु ६२ करोडमा सम्झौता भएको छ भने रु ४९ करोडको बजेटको सडकमा रु २४ करोडमा सम्झौता भएको छ । ती सडकको अवधि दुई वर्ष सम्पन्न भएर पुनः अर्को वर्ष थप हुँदासमेत समयमै निर्माणकार्य सम्पन्न नभएपछि हालै गाउँपालिकाको समन्वयमा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयलेसमेत चासो दिएको छ ।

तीनखुट्टेदेखि देविटारसम्मको ८ दशमलव ७ किलोमिटर पक्की सडक निर्माणकार्य अलपत्र भएपछि गाउँपालिकाले पटक–पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्न गराउन पत्र लेख्दै आएको जिम्वाले बताए ।

यसैबीच, प्रदेश मन्त्रालयले आगामी आर्थिक वर्षबाटनै काम सुरु गर्ने गरी काभ्रेपलाञ्चोक र प्रदेश राजधानी मकवानपुर जोड्नेगरी ‘जनमुक्ति’ मार्ग निर्माण गर्न तयारी थालेको जनाइएको छ ।

मन्त्री युवराज दुलालले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका अन्तर्गत मङ्गलटारस्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरेस्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिने बताएका छन् ।

मन्त्री दुलालका अनुसार उक्त मार्गका लागि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ । उक्त सडकको लम्बाई ९३ किलोमिटर हुनेछ ।

  • ६ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !