कोहलपुरमा तयार हुँदै गौरवका योजना

आजभोलि

राँझा । कोहलपुर नगरपालिकाले सुरु गरेको पूर्वाधार विकासअन्तर्गत गौरवका योजना तयार भइरहेका छन् । नगरपालिकाले ठूला आयोजनालाई गौरवका योजनामा राखेर काम गर्दै आएको छ । सोअन्तर्गत अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क र धरहराको झल्को दिने गरी बनाइएको दश तले भ्यू टावरको काम सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

उनका अनुसार कोहलपुरमा अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क निर्माण भई सञ्चालनको तयारीमा रहेको छ । बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्सलगायत सबै संरचना निर्माण भइसकेका छन् ।

अत्याधुनिक बसपार्कमा व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था गरिएको छ । बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारी साधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालनमा ल्याइने उनले बताए ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण नगर विकास कोषले लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुनाका साथै कोहलपुरको विकासमा समेत टेवा पुग्ने नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि २०७९ समेत स्वीकृत भएको छ । उक्त बसपार्कबाट देशको पूर्व–पश्चिम र उत्तर– दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधन चल्नेछन् ।

कोहलपुरमा काठमाडौँको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावर निर्माण भएको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माण गरिएको लिफ्टसहितको सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण कार्य पूरा भएको निर्माण कम्पनी एसोसिएट जय भवानी निर्माण कम्पनीका सञ्चालक अर्जुन पनेरुले बताए ।

यसैगरीे ठूला योजनाका रुपमा सुरु भएका नगर अस्पताल, कभर्ड हल, बाल अस्पताल पनि धमाधम निर्माण भइरहेको नगरप्रमुख आचार्यले जानकारी दिए ।

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !