राजविराजमा कैदीको मृत्यु

आजभोलि

सप्तरी । राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् ।

राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो । राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पु¥याइएका यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताए ।

मृतकका श्रीमती मञ्जुदेवी यादवका अनुसार छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिएपछि अस्पताल भर्ना गरिएको थियो । मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय हनुमान नगबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै पक्राउ गरेको थियो ।

सोही दिनदेखि उनी कारागारमा छन् । उनलाई अदालतले पाँच वर्ष कैद सजाय तोकेको थियो । शवलाई विराटनगरबाट राजविराज ल्याइएको छ । शवको परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

बाल विकास सहयोगी कार्यकर्ता ३९ वर्षीया द्रौपतीदेवी चौधरी, सप्तकोशी फत्तेपुरका ३१ वर्षीय मुकेशजङ्ग खडका र मिथिलेश यादवले तालिममा भाग लनभन्दै झुक्याई दुई बालिकालाई २०७० असार २२ गते इटहरी नगरपालिका–१ स्थित रङ्गमञ्च गेस्ट हाउस पु¥याएका थिए । होटलमा पुगेपछि पीडितलाई ललाइफकाइ शारीरिक सम्बन्ध राख्नका लागि सुरुमा पैसाको प्रलोभन दिएको र नमाने पछि डर त्रास देखाइ आरोपितले हातपात गरेका थिए । होटलमा द्रौपतीदेवीले मुकेश र मिथलेशसँग पीडितलाई बेचबिखन गर्ने तयारी गरिरहेको सुनेर सोही राति १० बजे बालिका होटलबाट भागेका थिए ।

आरोपित खड्कालाई प्रहरीले २०७० साउन १८ गते पक्राउ गरेको थियो । खड्का २०७० भदौ १३ गते जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलाशले पुर्पक्षका लागि कारागारमा थुनामा थिए । पछि पक्राउ परेकी द्रौपतीदेवी राजविराज कारगारमा कैद भुक्तान पूरा गरिसकेकी छन् ।

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !