शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन

आजभोलि

राँझा । बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि विद्यालय सञ्चालन गरिएको हो ।

जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

उनका अनुसार यो विद्यालय सञ्चालनसँगै शुक्रबारदेखि भर्ना अभियान पनि सुरु गरिएको छ । यस वर्ष करिब दुई सय छात्रालाई विद्यालयमा भर्ना गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाले यस वर्ष रु ९० लाखको लागतमा छात्रा विद्यालय सञ्चालन गरिरहेको छ ।

सङ्घीय सरकारको विशेष अनुदानबाट आएको रु ५० लाखबाट गाउँपालिकाले विद्यालयको पर्खाल र शौचालय निर्माणको काम गरिरहेको छ भने विद्यालय सञ्चालन गर्न गाउँपालिकाले रु ४० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिए ।

गाउँपालिकाले विद्यालयमा छात्ररुका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोसाक र आउन जानका लागि निःशुल्क यातायात, स्वच्छ पानी तथा शौचालयको पनि व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए ।

उक्त विद्यालयमा गाउँपालिकाका छवटै वडाका छात्रालाई समावेश गर्नेगरी पालिकाले यातायातको व्यवस्था गरेको छ । आवश्यकताअनुसार यातायातका साधन थप्दै जाने उनले बताए ।

विद्यालय सञ्चालनका लागि शिक्षिकाको मात्रै व्यवस्था गरिएको छ । मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा शिक्षालाई प्राथमिकता दिई काम गरिरहेको अध्यक्ष खाँको भनाइ छ ।

गाउँपालिकामा प्राथमिक विद्यालय १६, आधारभूत विद्यालय तीन र मावि पाँच छन् । यहाँ १४ मदरसा छन् । छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ ।

माविसम्म सीमित रहेको सो गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताए ।

  • ९ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !