किन पटक–पटक भोक लाग्छ ?

आजभोलि

काठमाडौं । भोक तपाईंको शरीरको एउटा प्राकृतिक संकेत हो जसमा ऊर्जा सकिएर आहाराको आवश्यकता हुन्छ । जतिबेला  तपाईंलाई भोक लाग्न थाल्छ पेटबाट अनेक प्रकारको आवाज आउन थाल्छ । जो सामान्य कुरा हो ।

कतिपय मानिस यस्ता पनि हुन्छन् जसलाई जति खाँदा पनि भोक मात्र लागिरहन्छ । उनीहरूलाई जतिबेला पनि भोक लागेको महसुस भइरहन्छ । यदि, कसैलाई छिटो-छिटो भोक लागिरहन्छ भने उसको शरीरमा प्रोटिन, पौष्टिक आहारको कमी वा अन्य कुनै कारण पनि हुन सक्छ । यस्तोमा आउनुहोस् जानौं कस्तो कारणले मानिसलाई छिटो-छिटो भोक लागिरहन्छः

प्रोटिनको कमी

प्रोटिनमा भोक कम गर्ने गुण पाइन्छन्, जसले दिनभर कम क्यालोरीको उपभोग गर्न सहयोग गर्छन् । यदि, शरीरमा पर्याप्त मात्रामा प्रोटिन छैन भने पटक–पटक भोक लाग्ने समस्या हुन सक्छ ।

पर्याप्त मात्रामा निद्रा नलिनु

पर्याप्त निद्रा शरीरका लागि एकदमै जरुरी हुन्छ । दिमाग र इम्युन सिस्टमले राम्रोसँग काम गर्नका लागि पर्याप्त निद्रा आवश्यक छ । पर्याप्त निद्रा लिनु भोक नियन्त्रणको एउटा उपाय पनि हो । किनकि, निद्राले भोक नियन्त्रण गर्ने हर्मोनलाई नियन्त्रित गर्ने काम गर्छ । त्यसैले निद्राको कमीले पनि भोक धेरै लाग्ने सम्भावना हुन्छ ।

प्रशोधित कार्ब्स खानु 

प्रशोधित कार्ब्समा फाइबर, भिटामिन तथा मिनरल्सको कमी हुन्छ । त्यसैले यस्तो खानेकुरा शरीरमा छिटो पच्ने गर्छ । यदि तपाईं एकदमै धेरै प्रशोधित कार्ब्सको सेवन गर्नुहुन्छ भने तपाईंलाई छिटो–छिटो भोक लाग्ने गर्दछ ।

पानीको कमी 

शरीरलाई पानीको पनि एकदमै धेरै आवश्यकता पर्दछ । यदि, तपाईंले दिनहुँ पर्याप्त मात्रामा पानी पिउनुभयो भने तपाईंको स्वास्थ्य पनि राम्रो हुन्छ । तर, शरीरमा पानीको कमी छ भने पटक(पटक भोक लाग्ने समस्या हुन सक्छ । पानी पिउँदा पनि पेट भरिएको महसुस हुन्छ । जसले गर्दा छिटो-छिटो भोक लाग्दैन ।

विभिन्न स्वास्थ्य अवस्था

मधुमेह, हाइपरथाइराइडिज्म वा हर्मोनल असन्तुलन जस्ता केही मेडिकल कन्डिसनका कारणले पनि भोक बढ्न सक्छ । यस्तो खालको शारीरिक समस्या भयो भने पनि छिटो-छिटो भोक लागेको महसुस हुन्छ । एजेन्सी

  • १० बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !