खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ

आजभोलि

बेइजिङ । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार थिए । पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध कारबाही शुरु गरेको थियो ।

अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन ९एनएसए०अन्तर्गत पक्राउ गरिएको हो । सिंह र उनका सहयोगीहरूमाथि वर्ग विभेद फैलाएको, ज्यान मार्ने प्रयास गरेको, प्रहरीमाथि हमला, सरकारी कर्मचारीका कानुनी काममा बाधा पु¥याएको अभियोगमा फौजदारी मुद्दा चालाइएको थियो ।

गत मार्च २८ मा अमृतपाल र उनका सहयोगीहरू पञ्जाबकै होसियारपुरमा रहेको गोप्य जानकारी पाएपछि प्रहरीले खोजी अभियानलाई तीव्र पारेको थियो । पञ्जाब प्रहरीले राज्यका बासिन्दालाई शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न अपिल गर्दै भ्रामक समाचार नफैलाउन आग्रह गरेको छ । प्रहरी कारबाहीसम्बन्धी विवरणहरू क्रमशः सार्वजनिक गरिने पञ्जाब प्रहरीले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

गुप्तचर निकायहरूका अनुसार अमृतपाल सिंहले पाकिस्तानी गुप्तचर निकाय इन्टर सर्भिसेस इन्टेलिजेन्समार्फत हतिायर ल्याएर पञ्जाबलाई साम्प्रदायिक आधारमा विभाजन गर्न खोजेका छन् । उनले युवावर्गलाई बन्दुक संस्कृतितर्फ डो¥याएको आरोप छ ।

  • १० बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !