तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

आजभोलि

तनहुँ । जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७ वैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै समितिले स्पष्टीकरण सोधेको छ ।

‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।

  • १० बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !