गगन र विश्वप्रकाशले जिम्मा लिँदा पनि कांग्रेसले नजित्नुको दोषी को ?

आजभोलि

काठमाडौं । गत आइतबार भएको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने भन्दै कांग्रेसका दुइजना महामन्त्री दुइवटा क्षेत्रमा खटिएका थिए । उम्मेदवारी दर्ता गरेदेखि नै अधिकांश समय त्यही क्षेत्रमा खटिएका महामन्त्री गगन थापाले अधिकांश समय तनहुँ–१ मा बिताए तर पनि कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले निर्वाचन जितेनन् । गोविन्दले २० हजार १ सय २२ मत ल्याउँदा.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याए । नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक भएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो मत ल्याउँदै पराजित भए ।

तनहुँ नै घर भएका उनको मतदाता नामावली अर्को क्षेत्रमा रहेकाले उनले आफूलाई नै मतदान गर्न पाएनन् । वाग्ले कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार भएका हुन् । उनले नयाँ पार्टीबाट उम्मेदवार बन्दैै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले र केन्द्रीय सदस्यमा निर्वाचित उनकी श्रीमती आरजु देउवाले पार्टी बिगारेको आरोपसमेत लगाएका थिए । खनाल गत मंसिर ४ भएको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–६ बाट एमालेको उम्मेदवार भएका थिए । यो क्षेत्रमा पनि रास्वपाका उम्मेदवार शिशिर खनालले जितेका थिए । खनालले ११ हजार ९ सय ९६ मत पाउँदा सर्वेन्द्र खनाल ८ हजार १८ मत ल्याउँदै दोस्रो भएका थिए ।

कांग्रेस नेता भीमसेनदास प्रधान तेस्रो भए, प्रधानले ७ हजार ५ सय ७७ मत पाएका थिए । सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराइलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्री र अन्य नेता पनि तनहुँ पुगेका थिए । प्रचण्डले भट्टराइलाई जिताए मन्त्री बनाउने वचन दिए पनि भट्टराइले निर्वाचन जित्न सकेनन् । सत्ता गठबन्धनको आमसभामा सहभागी हुन चितवन पुगेका नेताहरुले त्यहाँ पनि कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताए मन्त्री बनाइदिने भन्दै आश्वासन बाँडेका थिए तर त्यो पनि काम लागेन ।

श्रेष्ठलाई जिताउन भन्दैं कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा धेरैजसो समय चितवनमै बसे । विजेता रास्वपाका उम्मेदवार रवि लामिछानेले ५४ हजार १ सय ७६ मत पाउँदा श्रेष्ठले ११ हजार २ सय १४ मत पाए । यहाँ एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने तेस्रो भएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाशमात्र होइन पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटा पनि चितवनमा आफ्ना उम्मेदवार न्यौपानेलाई जिताउन केही समय बसे, उनको प्रयास पनि सफल हुन सकेन । श्रेष्ठ र न्यौपानेले पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । वारा–२ मा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसले यो क्षेत्रमा त्यति ध्यान दिएन ।

कांग्रेससहित सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवले यो क्षेत्रमा निर्वाचन जिते । उपेन्द्र गत मंसिर ४ मा भएको निर्वाचनमा आफ्नै पुरानो क्षेत्र सप्तरी–२ बाट लज्जास्पद ढंगले पराजित भएका थिए । सत्ता गठबन्धनले वारामा पनि आफ्ना उम्मेदवारलाई जिताउन चुनावी सभा गरेको थियो । अरुबेला पार्टी सभापति शेरबहादुर देउवाले गलत निर्णय गरेर कांग्रेसलाई कमजोर बनाएको भनेर आलोचना गरिरहने महामन्त्रीद्धय थापा र शर्माको असक्षमतालाई लिएर पनि अनेक प्रश्नका साथै आलोचना गर्न थालिएको छ ।

  • १३ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !