लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीबाट शपथ

आजभोलि

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिएकबा छन् । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ गराएका हुन् ।

बिहीबार प्रदेश प्रमुख शेरचनले  नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

गत पुस २७ गते नेकपा (माओवादी केन्द्र)सहित दलको समर्थनमा सरकारको नेतृत्व गर्नुभएका नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीले गत सोमबार प्रदेशसभामा दोस्रो पटक प्रस्तुत गरेकोे विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि उनको नेतृत्वको सरकार ढलेको थियो ।

प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि प्रदेश प्रमुखले मङ्गलबार बिहीबार अपराह्न ४ बजेसम्म सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।

गत माघ ५ गते संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम तत्कालीन अवस्थामा मुख्यमन्त्रीले पहिलो पटक विश्वासको लिँदा उहाँको पक्षमा ५७ मत परेकामा  गत सोमबार दोस्रो पटक विश्वासको मत लिँदा भने पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)सहित आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य ५३ जनाको समर्थनसहित बिहीबार अपराह्न मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका थिए ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार तथा  जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एकजना र स्वतन्त्र एक सांसद गरी ५३सांसदको समर्थन रहेको छ ।

तीन बिनाविभागीयमन्त्रीको पनि शपथ

यस्तै, नवनियुक्त मुख्यमन्त्री चौधरीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम आफ्नो मन्त्रिमण्डलमा तीन मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष आजै सिफारिस गरे । सत्ता गठबन्धन दलका तर्फबाट मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र नेकपा माओवादी केन्द्रका  धनबहादुर मास्कीलाई बिना विभागीयमन्त्रीमा नियुक्त गरे । नव नियुक्त मन्त्रीहरुलाई पनि संविधानको धारा १७२ बमोजिम आजै सोही समारोहमा प्रदेश प्रमुख शेरचनले शपथ गराए ।

  • १५ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !