५४ वर्षपछि माध्यमिक तह सञ्चालन

आजभोलि

खोटाङ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताए ।

गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय अभिभावकले सङ्कलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताए ।

सो अवसरमा गाउँपालिका उपप्रमुख रुपेश राई, वडाध्यक्ष इन्द्रबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा (माओवादी केन्द्र) गाउँपालिका अध्यक्ष दीपेन्द्र राईलगायतले शुभकामना दिएका छन् ।

मावि तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । निमावि राहत तीन, प्रावि राहत एक, बालविकास सहायक एक, निजी एक र प्रावि दरबन्दी चार गरी दश शिक्षक रहेको उक्त विद्यालयको हालसम्म एक सय ८८ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यार्थी भर्ना अभियान जारी रहेको उक्त विद्यालयमा गाउँपालिका र वडाले एक/एकजना मावि शिक्षक व्यवस्था गर्ने सहमति भएको प्रधानाध्यापक राईले जानकारी दिए । विसं २०७८ को जनगणनाअनुसार तीन हजार ५७७ जनसङ्ख्या रहेको लिच्कीराम्चेमा लक्ष्मी माविसमेत सञ्चालित छ ।

  • १८ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !