चितवन । बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरि दुई सय २० वटा गैँडा मरेका छन् ।
आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन् । निकुञ्जका अनुसार ६४ वटा गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । आपसमा जुधेर ५१ गैँडा मरेका छन् । यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा मरेका छन् । मरेका मध्ये एक सय भाले र ७६ पोथी गैँडा छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा २५ वटा गैंडा मरेका थिए ।
२०७४/७५ मा २६, २०७६/७७ मा २६ वटा, २०७७/७८ मा ३३ वटा र २०७८/७९ मा ३७ गैँडा मरेका छन् । चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको निकुञ्जले जनाएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि हालसम्म तीन सय २३ गैँडा मरेका छन् ।