अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र

आजभोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूहरुले टुकुचा खोला उत्खनन् गरेर गलत नगरेको अदालतले प्रमाणित गरेको उल्लेख गरेका छन् । आज सामाजिक सञ्जालहरुमा आफ्नो विचार राख्दै उनले टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदम गलत नभएकोले उच्च अदालत पाटनले मान्यता दिएको जनाएका हुन् ।

आज बिहानै साहले सामाजिक सञ्जालमा लेखेका छन् – ‘केही दिनअघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्टरूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ ।’

अब टुकुचा खोलाको क्षेत्राधिकारभित्र रहेको व्यक्तिको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याउने उनले जनाएका छन् । ‘अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ’, उनले भनेका छन् ।

  • २४ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !