बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए

आजभोलि

डुम्रे । तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

बाह्र दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँडेका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !