अध्ययन भ्रमणमा माओवादी केन्द्रका नेताहरु चीन प्रस्थान

आजभोलि

काठमाडौै । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ ।

प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको हो । भ्रमण दलमा माओवादी केन्द्रका नेताहरु गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, केशव नेपाल, पर्शुराम रम्तेल, जगत यादव, टेकेन्द्रप्रसाद भट्टलगायत छन् ।

प्रतिनिधिमण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङलगायतका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

यस्तै भ्रमणका क्रममा विविध छलफलमा सहभागी हुने कार्यक्रम छ । सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

  • ५ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !