शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी

आजभोलि

काठमाडौँ । शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही जेठ १५ गतेदेखि १९ गतेसम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह नेपालमा पनि मनाउने तयारी गरेको छ ।

‘डिकोलोजाइसेन एजुकेशन फाइनान्सिङ नाउ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यो कार्यसप्ताह नेपालसहित विश्वभरका एक सय ५० भन्दाबढी देशमा मनाउन लागिएको हो । एनसिइ नेपालका अध्यक्ष राजेन्द्र पहाडीले नागरिक क्षेत्रबाट उठाइका शिक्षा क्षेत्रका विभिन्न माग सम्बोधन गराउन कार्यसप्ताहका माध्यमबाट हस्ताक्षर सङ्कलनसहित सरकारलाई ज्ञापनपत्र दिइने बताए ।

उनले शिक्षामा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न, सङ्घीय शिक्षा ऐन छिटो जारी गर्न, शिक्षाका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्दै समतामूलक समाज निर्माण गर्न र भौतिक पूर्वाधार सुधारी प्राविधिक शिक्षामा जोड दिन माग गरे ।

  • १४ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !