संसद्मा ‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द बोलेपछि कोलाहल

आजभोलि

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा भैंसी शब्दका कारण कोलाहल मच्चिएको छ ।

आज सोमबार बसेको बैठकमा प्रधानमन्त्रीलाई प्रतिपश्न गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीले भारत भ्रमणबाट भैँसी चढेर आएको र त्यो भन्दा कुनै उपलव्धी नभएको धारणा राखेपछि संसदमा कोलाहलको वातावरण सिर्जना भएको हो ।

बैठकमा सत्तापक्ष सांसदहरुले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए भने प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीले पनि सम्बोधनका क्रममा आफू भैंसी चढेको प्रसंग निकालेको भन्दै प्रधानमन्त्रीको शब्द पनि रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए ।

त्यस्तै, प्रतिनिधिसभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा सदनलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको जानकारीपछि थप प्रष्टीकरण माग गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किंदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरुले नियमापत्ति गरेका थिए ।

खनालले भनेका थिए, “प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, उहाँ आफैले हालै उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउनुहोला, दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरु आएँ ।” त्यसपछि सभामुख घिमिरेले उक्त शब्दावलीलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि प्रधानमन्त्रीले समेत जवाफ दिने क्रममा सो शब्द उच्चरण गरेको भन्दै सो पनि हटाउन माग गरेका थिए । केही बेरको अवरोधपछि सभामुख घिमिरले भैँसी चढेर आएको भन्ने शब्द जोसुकैले प्रयोग गरेको भए पनि रेकर्डबाट हटाउन रुलिङ गरेका थिए । त्यसपछि सदन फेरि सञ्चालन भएको छ ।

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !