सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु

आजभोलि

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ ।

जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो ।

चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिर्पोट आएपछि छलफल गर्ने सहमति भएको मृतककी हजुरबुबा चीजबहादुर दरैले जानकारी दिए ।

भोलि पोष्टमार्टमको रिर्पोट आउँछ, त्यसपछि उपचारमा सङ्लग्न चिकित्सक दोषी ठहरिए कानुनी कारबाही अघि बढ्छ । मृतकका आफन्तजनले अझै शब बुझ्न नमानेको उनले बताए । घट्ना पश्चात पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुबैलाई बचाउन हरपल प्रयत्न गरेपनि बचाउन नसकेको बताएको हजुरबुबा चिजबहादुरले जानकारी दिए ।

छलफलका क्रममा सुत्केरीको पानीको पोको फुटेपछि रगतसँग घुलेर शरीरका अन्य भागमा पुगेकाले दुबै जनालाई बचाउन नसकिएको चिकित्सकको भनाइ उदृत गर्दै उनले उल्लेख गरे । चिकित्सकले उपचार पद्धतिअनुरुप नै उपचार गरेको र गल्ती कही पनि नगरेको भन्दै स्वीकार गरे पनि आमा र शिशु दुबैको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको अनुमान गरेका हौ । हजुरबुबा चीजबहादुरले भने,“छानबिनको लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।”

  • ३१ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !