मन्त्रिपरिषद्‌का १३ निर्णय के-के हुन् ?

आजभोलि

काठमाडौं । सरकारले सार्वजनिक सडकसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्‌ले उक्त विधेयक मस्यौदा गर्न सैद्धान्तिक सहमति दिएको हो।
त्यस्तै मन्त्रिपरिषद्‌ले विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था (नवौ संशोधन) नियमावलीलाई स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्‌ले सुर्खेतको गुर्भाकोट नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका, रौतहटको गुजरा नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका  र  म्याग्दीको मालिका गाउँपालिकामा परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै ललितपुरको झरुवारासीको करिब १३ रोपनी जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले यो सहित १३ निर्णय गरेको हो ।

 

 

  • १५ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !