काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप तिन जनालाई नियन्त्रणमा लिएको छ ।
आज आइतबार ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएका नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की, तत्कालीन वडा सचिव शिवजी भट्टराई र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
उनीहरुलाई सरकारी लिखत किर्ते मुद्दामा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ब्युरोले यसअघि ४ जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या ७ पुगेको छ ।