२१ हजार आठ सय २२ मेट्रिकटन मल बिक्री

आजभोलि

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा चालु आवको हालसम्म सरकारको अनुदानबाट प्राप्त २१ हजार आठ सय २२ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको छ ।

बिक्री भएकोमध्ये डिएपी सात हजार तीन सय ५० र युरिया १४ हजार चार सय ७२ मेट्रिकटन छ । कृषि सामग्री कम्पनी लिमिटेड धनगढी कार्यालयका प्रमुख नवलसिंह बोगटीले कार्यालयबाट असार १६ गतेसम्म डिएपी पाँच हजार तीन सय १५ र युरिया छ हजार पाँच सय ५८ मेट्रिकटन बिक्री भएको बताए । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयबाट चाल वर्षको यही असार ८ गतेसम्म डिएपी दुई हजार ३५ र युरिया सात हजार नौ सय १४ मेट्रिकटन बिक्री भएको छ ।

हाल कृषि सामग्रीमा युरिया ६० र डिएपि ५० मेट्रिकटन, साल्ट ट्रेडिङ कर्पोरेशनमा युरिया दुई सय २० मेट्रिकटन र डिएपि नौ मेट्रिकटन मौज्दात रहेको छ । कृषि सामग्रीमा एक हजार एकसय टन युरिया केही दिनभित्रमा आपूर्ति हुन लागेको कार्यालय प्रमुख बोगटीले बताए ।

यस वर्ष कृषि सामग्री धनगढीका लागि दश हजार युरिया र नौ हजार मेट्रिकटन डिएपि मलको कोटा तोकिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका लागि नौ हजार तीन सय ३१ मेट्रिकटन युरिया र तीन हजार सात सय ४२ मेट्रिकटन डिएपीको कोटा तोकिएको छ ।

सरकारले अनुदानमा उपलब्ध गराउने यो मल कृषि सामग्री र साल्ट ट्रेडिङमार्फत् विक्री वितरण हुँदै आएको छ । कृषि सामग्री र साल्ट ट्रडिङले सहकारी संस्थाहरुलाई बिक्री गर्ने यो मल सहकारी संस्थाहरुले किसानलाई बिक्री वितरण गर्छन् । प्रदेशका लागि केन्द्रबाट तोकिने अनुदानको मलको जम्मा कोटामध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीबाट र बाँकी ३० प्रतिशत परिमाणको मल साल्ट ट्रेडिङबाट बिक्री वितरण हुँदै आएको छ । ढुवानीकर्ताले समयमै रासायनिक मल ढुवानी नगर्दा सहकारीलाई पनि समयमै मल बिक्री वितरण गर्न नसकिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका प्रमुख तेजबहादुर कुवँर बताउँछन् ।

उनले भने, “विगतका वर्षमा जस्तो देखिने मलको अभाव भने यस वर्ष छैन, मल आउने र बिक्री हुने क्रम जारी छ ।” वर्षेनि रासायनिक मलको खपत बढ्दै जाँदा यसको आपूर्ति व्यवस्थापनमा समस्या भइरहेको बताइन्छ । सुदूरपश्चिम प्रदेशका लागि वार्षिक युरिया ५४ हजार मेट्रिकटन र डिएपि ३१ हजार मेट्रिकटन आवश्यक पर्ने बताइन्छ ।

यो वर्ष मलको आपूर्ति विगतका वर्षको भन्दा केही सहज देखिए पनि चाहिने परिमाणमा पाउन नसकिएको गुनसो किसानको छ । धान रोपाइँ गरेको एकदुई दिनभित्र प्रयोग गर्नुपर्ने डिएपि मल चाहिने मात्रामा नपाउँदा कतिपय किसानले सीमा पारीबाट मल भित्र्याएर रोपाइँ गर्नु परेको किसानको अनुभव छ । एकपटक रासायनिक मल प्रयोग गरिसकिएको खेतमा अर्को पटक रासायनिक मल प्रयोग नगर्दा बालीको उत्पादन र उत्पादकत्व निकै कम हुने गरेकाले खेती गर्दा यो मल प्रयोग गर्नैपर्ने बाध्यता रहेको कृषकको भनाइ छ ।

  • १७ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !