उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

आजभोलि

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भ्याटिकन सिटीका गैरआवासीय राजदूत आर्कविशप लियोपोल्डो जिरेलीबीच आज लैनचौरस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट भएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले विश्व शान्ति, सहिष्णुता र बृहत् मानव कल्याणका पक्षमा अटल विश्वास राख्ने दुई देशबीच प्रतिबद्धताका साथ विश्व शान्तिका पक्षमा उभिनुपर्ने खाँचो औँल्याए ।

उपराष्ट्रपति यादवले विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धबाट प्राप्त शान्तिको सन्देश विश्वसामु पु-याउने नेपालको अभियानलाई भ्याटिकन सिटीबाट अझ बढी साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । आगामी दिनमा दुई देशबीच रहेको सौहार्दपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत र व्यापक बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, अन्तर धर्म सम्वाद तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्य गर्ने सम्भावना रहेको धारणा व्यक्त गरे ।

भेटका क्रममा उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धका विविध आयामलाई थप सुदृढ तुल्याउन राजदूत जिरेलीको सक्रिय भूमिका रहने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • १८ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !