नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान

आजभोलि

काठमाडौँ । नेपाल र दक्षिण कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको छ । टोखामा सञ्चालित एशिया प्यासिफिक स्कुल र द एशिया प्यासिफिक सोसाइटी कोरियाका विद्यार्थीबीच आज शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको हो ।

सो अवसरमा टोखा नगरपालिका–६ की वडाअध्यक्ष शान्ता खनाल पौडेलले शैक्षिक र सांस्कृतिक आदानप्रदानले एक देशले अर्को देशलाई चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । “कुनै पनि देशलाई चिनाउनका लागि त्यहाँको कला, भाषा, सांस्कृतिक महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने ।

उनले शिक्षा र सांस्कृतिसँग सीप आदानप्रदान गरेर अगाडि बढ्नसमेत आग्रह गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।

टोखा शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खगेन्द्रसिंह धामीले शैक्षिक र सांस्कृतिक आदानप्रदान कार्यक्रम राखेर विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुगेको बताए । उनले विद्यालयको शिक्षालाई वैज्ञानिक पद्धतिमार्फत अगाडि बढाउनका लागि शिक्षा क्षेत्रमा नविनतम प्रयोग गरेको अगाडि बढाएको बताए । उनले नेपालको शिक्षा प्रणालीलाई विश्वको शिक्षामा प्रतिस्पर्धात्मक गर्नका लागि सरकारले काम गरिरहेको उल्लेख गरे ।

दक्षिण कोरियाको नाम्सोल विश्वविद्यालयका प्राध्यापक से जिन जुले सन् १९९४ मा स्थापना भएको द एशिया प्यासिफिक सोसाइटीले नेपालका विद्यार्थीसँग लामो समयदेखि राम्रो सम्बन्ध राख्दै नेपालका विभिन्न कार्यक्रममा भाग लिँदै आएको बताए । उनले मुलुकको विकासमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

एशिया प्यासिफिक स्कुल तथा कलेजका प्राचार्य रमेश घिमिरेले कोरोना महामारीको समयमासमेत एशिया प्यासिफिक स्कुलले विभिन्न देशका विद्यार्थीसँग शैक्षिक तथा सांस्कृतिक आदानप्रदान गरेको स्मरण गरे । उनले आगामी दिनमा विभिन्न देशका विद्यार्थीसँग शैक्षिक सहकार्य गरेर अगाडि बढ्ने बताए ।

सो अवसरमा कोरियाको नाम्सोल विश्वविद्यालय र वाङ्क्वोङ विश्वविद्यालयका १८ विद्यार्थी र साउथ एशिया प्यासिफिक स्कुलका ५५ विद्यार्थीले शैक्षिक तथा सांस्कृतिक प्रस्तुति गरेका थिए ।

  • २१ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !