काठमाडौँ । सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई पनि झिकाउने आदेश दिएको छ ।
सिआइबीले गुरुङ लगायतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा भ्याकेट निवेदन दर्ता गराएपछि विपक्षीलाई झिकाएर संगै राखी सुनुवाइ गर्ने अदालले आदेश दिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले ललितानिवास प्रकरणमा सरकारी कागजात कीर्ते गरेको भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो । सिआइबीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको बताएपनि पक्राउ परेकाहरुले भने आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
पक्राउ परेकाहरुले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरोले पनि सर्वोच्चमा उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न पाउनुपर्ने माग राख्दै भ्याकेट निवेदन दर्ता गराएको थियो । गुरुङवादी रहेको रिटमा भ्याकेट निवेदन दर्ता गराएको सिआइबीलाई जानकारी दिएको नपाइएपछि अदालतले २४ घण्टाभित्र विपक्षीलाई जानकारी दिई इजलासमा पेश गर्न आदेश दिएकाे स्राेतले जनाएकाे छ ।