कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा राणा

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छिन् ।

कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भनिन्, “विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको हो र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो ।”

डा. राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना र विसं २०६२/६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाई नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन् गरेर तरुण दलका कार्यकर्ताहरु लाग्नुपर्ने बताइन् ।

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लडेको र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उल्लेख गरिन् ।

डा. राणाले कांग्रेसका नेताहरुको योगदान र आदर्शको अनुशरण गरी लोकतन्त्र र विधिको शासनका लागि लाग्न नेपाल तरुण दलका समग्र सदस्यहरुलाई आग्रह पनि गरिन् । कांग्रेस पार्टी र मुलुकको भविष्य नै तरुण दलमा आवद्ध देशका समग्र युवाहरुको हातमा रहेको भन्दै कांग्रेसका नेताहरुले देखाएको मार्गमा हिँड्न सबै तरुण सदस्यहरुलाई सुझाव पनि दिइन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले नेपाली कांग्रेससँग विकास र समृद्धिको स्पष्ट नीति रहेको र कांग्रेसले लिएकै नीतिबाट मुलुक विकासको गतिमा अघि बढेको पनि  बताइन् । नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नेपाल तरुण दलको केन्द्रीय समितिका सदस्यहरुले आज डा. देउवासँग अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा डा. राणाले हालै सदस्य थप भएको तरुण दललाई चुस्त एवं सक्रिय बनाई अघि बढ्न अध्यक्ष गुरुङलाई आग्रह पनि गरेकी थिइन् ।

 

  • २२ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !