जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ

आजभोलि

सुर्खेत । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

बुधबार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उहाँका छोरा अन्दाजी २१ वर्षीया सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर–११ का ४१ वर्षीय मीनबहादुर वली रहेको जील्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने जिल्ला वन कर्यालय सुर्खेतले जनाएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • २७ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !