ट्राफिक नियमको अभिलेख प्रणाली २१ जिल्लामा सुरु

आजभोलि

प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरे/नगरेको बारे जानकारी राख्ने तथा जरिवानासमेत बैङ्किङ प्रणालीमा जोड्ने प्रणाली जिल्लामा समेत विस्तार गरेको छ ।

आजदेखि सात प्रदेशका २१ जिल्लामा उक्त प्रणाली लागू भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उक्त प्रणालीलाई ‘ट्राफिक भ्यालुलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ भनिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि उक्त प्रणाली २१ जिल्लामा लागू गरिएको केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए । यसअघि काठमाडौं उपत्यकामा उक्त प्रणाली सञ्चालनमा थियो ।

सवारी नियम उल्लङ्घन कसुरहरूको जरिवानाबापत राजस्व सङ्कलनलाई प्रदेशगत रूपमा बैङ्किङ प्रणालीमा जोड्ने योजनाअनुरूप उक्त प्रणाली सञ्चालन गरिएको हो ।

उक्त प्रणाली कोशी प्रदेशअन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेस प्रदेशअन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेशअन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व)मा सञ्चालन गरिएको छ ।

यस्तै लुम्बिनी प्रदेशअन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेशअन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।

  • १ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !