काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटमा ६ वटा शंकास्पद बाकस नियन्त्रणमा लिएको थियो ।
विमानस्थलकाे भन्सार कार्यालयमा सुन तस्करी प्रकरणको मास्टरमाइन्ड कम्पनी ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’को नाममा ६ वटा बाकस भेटिएपछि सुन भएको आशंकामा राजस्व कार्यालयले उक्त बाकस बरामद गरेको थियो ।
बरामद भएको उक्त बाकसमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले जानकारी दिएका छन् । बाकसमा सुन नभएर दाह्री काट्ने ‘सेभर’ भटिएको राजस्व अनुसन्धान विभागको स्रोतले बताएको छ । आज सोमबार उक्त बाकस खोलिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ‘रेड ट्रेड प्रालि’ ले मगाएको थियो । सोही कम्पनीको थप सामान भेटिसँगै थप अवैध सुन भएको आशंकामा विभागले सामान बरामद गरेको थियो ।
असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत रेडी ट्रेडले ‘ब्रेक प्याड’ भनेर ल्याएको सामानमा करिब १ सय किलो सुन भेटिएको छ । त्यसबारे सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । बरामद सुनको यकिन तौल आइसकेको छैन । सुन तस्करी गरेर ल्याएको प्रकरणमा अहिले देशको राजनिति देखि प्रशासनको अवस्था तरंगित बनको छ ।